कालिका प्राविको अध्यक्षमा रामबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कालिका प्राविको अध्यक्षमा रामबहादुर

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, शुक्रबार

    तनहुँ : व्यास नगरपालिका–९ स्थित कालिका प्राथमिक विद्यालयको अध्यक्षमा रामबहादुर कार्की चयन भएका छन् । शुक्रबार सम्पन्न अभिभावक भेलाले कार्कीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

    समितिको सदस्यहरुमा मिरु गुरुङ, नरबहादुर गुरुङ, दिलीप घर्ती, जनप्रतिनिधिको तर्फबाट सुनसरी गुरुङ चयन भएका छन् । त्यस्तै मनोनितबाट पूर्व शिक्षक कृष्णबहादुर गुरुङ, मीना रोका तामाङ र सदस्य सचिवमा तेजबहादुर गुरुङ चयन भएका छन् ।

    नवगठित समितिका अध्यक्ष एवं सदस्यहरुलाई वडाध्यक्ष सुरेश थापाले बधाई ज्ञापन गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि कार्ययोजना सहित लाग्न सुझाव दिए ।