इन्स्पेक्टर कपिल वाग्लेको मृत्युबारे छानविन गर्न समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इन्स्पेक्टर कपिल वाग्लेको मृत्युबारे छानविन गर्न समिति गठन

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, शुक्रबार

    काठमाडाै : मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाका सन्दर्भमा छानविन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । उक्त दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानविन गर्न गृहमन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

    समितिमा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी सहभागी छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको गृहमन्त्रालयले शुक्रबार एक सूचना जारी गरी जनाएको छ ।

    यही साउन २५ गते नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय अगाडि लु १४ प ८७५८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा सोही कार्यालयमा कार्यरत तनहुँ निवासी प्रहरी निरीक्षक वाग्ले गम्भिर घाइते भएकामा उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो ।