‘नेपाली खेली गीतमा रस विधान’ मा विद्यावारिधी डा. प्रभास सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ‘नेपाली खेली गीतमा रस विधान’ मा विद्यावारिधी डा. प्रभास सम्मानित

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०७८, शनिबार

    पोखरा : ‘नेपाली खेली गीतमा रस विधान’ शीर्षकमा विद्यावारिधी गर्न सफल डा. तुलसी ‘प्रभास’ खनाल पोखरामा सम्मानित भएका छन् ।

    राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा कार्यालय रहेका अन्य विभिन्न संस्थाहरू राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कास्की, भीरकोट पोखरा सामिप्य सदन पोखरा, सप्तरङ्गी सहित्य समाजले डा. प्रभासलाई शनिबार सम्मान गरेको हो । उनी राष्ट्रिय लोक भजन चुड्का संरक्षण समितिका महासचिव समेत हुन् ।

    समितिका अध्यक्ष प्रजापति पराजुली, सचिव खगेन्द्रराज पराजुली लगायतले डा. खनाललाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका थिए । सम्मानित भएपछि डा. खनालले जीवन रहेसम्म लोकसङ्गीतकै क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।