तनहुँ : तनहुँमा शनिबार ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार १४ महिला र ३१ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९५ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमध्ये १५ जना एन्टिजेनबाट पहिचान भएका हुन् । यस अवधिमा मृत्यु भने शुन्य छ ।
गण्डकीमा शनिबार ३१७ कोरोना सङ्क्रमित थपिएका छन् भने दश जनाको मृत्यु भएको छ ।