तनहुँमा नेपाल पक्षको अनेरास्ववियु जिल्ला कमिटी गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा नेपाल पक्षको अनेरास्ववियु जिल्ला कमिटी गठन

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०७८, शनिबार

    सुमन श्रेष्ठको अध्यक्षतामा ६१ सदस्यीय कमिटी चयन

    दुलेगौँडा : तनहुँमा नेकपा एमाले माधव नेपाल समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन जिल्ला कमिटी गठन गरिएको छ । शनिबार भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा भएको भेलाले ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।


    समितिको अध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा किरण नेपाली, सचिवमा धिरज क्षेत्री, सहसचिवमा चाँदनी लामगादे र मनिषा महत, कोषाध्यक्षमा रुवी थापा चयन भए ।

    सो अवसरमा बोल्दै नेकपा एमाले नेपाल समूहका केन्द्रीय सदस्य एवम तनहुँ ईञ्चार्ज प्रतापलाल श्रेष्ठले केपी ओलीको निरंकुशताले पार्टी विभाजनको संघारमा पुगेको बताए । उनले भने, ‘तैपनि हामी पार्टी विभाजन गरीहाल्ने सुरमा छैनौँ’, उनले भने । विद्यार्थी संगठनले पार्टीलाई बलियो बनाउन भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य गोविन्द महतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले (नेपाल समूह) जिल्ला कमिटी अध्यक्ष शंकरनारायण श्रेष्ठ, जिल्ला सचिव श्रीराम कार्की, युवा संघका केन्द्रीय सचिव कमल गैह्रे, अनेरास्ववियु केन्द्रीय सचिव राजन शर्मा पराजुली, अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने, अनेरास्ववियु कास्की अध्यक्ष बज्रराज अधिकारी, केन्द्रीय सदस्य मनोज बानियाँ, रुसी थापा लगायतले बोलेका थिए ।