वर्षा केही दिन जारी रहने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वर्षा केही दिन जारी रहने

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७८, आईतवार

    काठमाडौ : बिहीबारदेखि  सक्रिय  भएको  नेपालको  मनसुनी  सक्रियता  अझै  केही  दिन  कायम  रहने  भएको  छ  ।  मनसुनी  न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि  सुदूरपश्चिमसम्म  नै  मनसुनको  सक्रियता  एकनासको  रहेको  जल  तथा  मौसम विज्ञान विभागले जनाएको छ ।

     विभागको  मौसम  पूर्वानुमान  महाशाखाका  मौसमविद्  गङ्गा  नगरकोटीका अनुसार मनसुनी सक्रियताले अबको  केही  दिन  देशका  धेरै  स्थानमा  भारी  वर्षा  हुनेछ  ।  तीन  दिनभन्दा  बढी  समय  नै  नेपालका  अधिकांश  भूभागमा  भारी  वर्षा  हुने  आकलन  गरिएको  छ  ।  महाशाखाका  अनुसार  मुख्य  गरी  प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था छ ।