दमाैली : व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयको अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि सुरेश वाग्ले, माधव अधिकारी, सूर्यचन्द्र लम्साल र करुण काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् ।
आइतबार आयोजित अभिभावक भेलामा चार जनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाकै नमूना र धेरै विद्यार्थी भएको विद्यालय भएका हुनाले सत्यवतीको अध्यक्ष बन्न निकै प्रतिस्पर्धा हुने गर्दछ ।
अध्यक्ष पदका आकाङ्क्षी माधव अधिकारीले सहमतिको प्रयास गरिने र सहमति नभए निर्वाचनमा जाने बताए ।