दमाैली : विश्वकै दुर्लभ रोगबाट ग्रसित तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ९ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सघाउन फ्रान्सबाट करिब ५० हजार सहयोग जुटेको छ । दमौली घर भई हाल फ्रान्समा रहेकी मिना पाण्डेको सक्रियतामा फ्रान्समा रहेका नेपालीहरुबाट उस्मानको उपचारका लागि ४९ हजार २० सहयोग जुटेको हो ।
दमौलीका युवाहरुले सङ्कलन गरेको ‘उस्मान अली बचाउ अभियान’ मार्फत् रकम सङ्कलन भएको मोहम्मद गफ्फार (सुदीप) ले जानकारी दिए । उनका अनुसार उस्मान अलीको उपचारका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थामार्फत् रकम सङ्कलन हुने क्रम जारी छ ।
‘स्पाइनल मस्कुलर एट्रोफी’ रोगबाट ग्रसित बालकको उपचारका लागि करिब २५ करोड लाग्ने बताइएको छ । बालकको परिवारले उपचारका लागि सहयोग गर्न सबैसँग अनुरोध गरेको छ ।