राष्ट्रिय सम्मेलनको तयारीमा अखिल क्रान्तिकारी, विभिन्न उपसमिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय सम्मेलनको तयारीमा अखिल क्रान्तिकारी, विभिन्न उपसमिति गठन

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७८, आईतवार

    काठमाडौं : माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी आसन्न २२औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । आगामी असोज ८ गतेदेखि १० गतेसम्म निर्धारित राष्ट्रिय सम्मेलनको पूर्वतयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

    सम्मेलनको तयारीबारे आइतबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले बताए ।

    कुन उपसमितिको संयोजक को ?

    सम्मेलनको प्रचार प्रसार उपसमितिको संयोजकमा उपाध्यक्ष सुरेन्द्र बस्नेत छन् । यसैगरी प्रतिनिधि छनोट तथा व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी अर्का उपाध्यक्ष तिलक भण्डारीले पाएका छन् ।

    अतिथि व्यवस्थापन उपसमिति संयोजकमा दीपक देवकोटा, आर्थिक उपसमिति संयोजक पञ्चा सिंह, मञ्च व्यवस्थापन उपसमिति संयोजक विजय गौतम, स्वयंसेवक उपसमिति संयोजक इन्द्र भुसाल, स्वास्थ्य उपसमिति संयोजक दिपेश पुन र कार्यालय व्यवस्थापनको जिम्मेवारी रविकिरण यादवलाई दिइएको छ । विधान उपसमिति संयोजकमा उत्तम अधिकारी छन् ।

    अधिकारी अखिल क्रान्तिकारीका महासचिव हुन् भने उपसमितिका अन्य संयोजकहरु सबै उपाध्यक्ष हुन् ।