भलाई कोषबाट व्यवसायीका परिवारलाई एक लाख २५ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भलाई कोषबाट व्यवसायीका परिवारलाई एक लाख २५ हजार

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७८, सोमबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले साधारण सदस्य स्व. चिरञ्जिवी पियाको परिवारलाई आर्थिक सहयोग गरेको छ । साउन २० गते निधन भएका पियाको परिवारलाई सङ्घले भलाई कोष मार्फत् एक लाख २५ हजार सहयोग प्रदान गरेको हो ।

    उक्त रकम १३ औ पुण्यतिथिमा सोमबार सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्ल र पूर्व अध्यक्ष मानकाजी श्रेष्ठले मृतकका श्रीमती उषा पियालाई हस्तान्तरण गरे ।

    सङ्घले खडा गरेको भलाई कोषमार्फत् सदस्यको मृत्यु भएमा राहत स्वरुप सहयोग गर्ने गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।