दुलेगाैडा : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ का ८१ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो । उनमा साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी गण्डकी प्रदेशमा सोमबार थप दशको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय दुई पुगेको छ ।
यसैगरी तनहुँमा सोमबार ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४१ जनाको परीक्षण गरिएकामा तीन महिला र तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।