मिहिरको जन्मदिन उज्यालो घरका बालबालिकासँग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिहिरको जन्मदिन उज्यालो घरका बालबालिकासँग

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७८, बुधबार

    दमौली : अहिले जन्मदिन मनाउने तौरतरिका बदलिएको छ । विगतमा जन्मदिन मनाउँदै युवायुवतीले साथीभाइसँग बसेर रमाइलो गर्ने, पार्टी खाने फजुल खर्च कटौती गर्दथे । तर अहिले भने सामाजिक काम गर्दै जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ ।

    यसैक्रममा व्यास-२ का युवा व्यवसायी मिहिर श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा व्यास-१० मा रहेको उज्यालो घर (बालगृह ) लाई खाद्यान्न सामग्री सहित ५ हजार सहयोग गरेका छन् । उनले उक्त रकम उज्यालो घरका सञ्चालक सागर घिमिरेलाई हस्तान्तरण गरे ।