तनहुँ : १८२ औ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर एशोसिएसन तनहुँले कोभिड सङ्कट व्यवस्थापन महाअभियानमा आर्थिक सहयोग गरेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले स्थापना गरेको महाअभियानमा एशोसिएसनले बिहीबार १० हजार एक सय पॉच सहयोग गरेको हो ।
एशोसिएसनका अध्यक्ष बलभद्र श्रेष्ठले सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्ललाई उक्त रकम हस्तान्तरण गरे । कोरोना कहरका कारण दिवसमा अन्य कार्यक्रम गर्न नसकिएकाले कोरोना न्यूनीकरणका लागि सहयोग गरिएको श्रेष्ठले बताए ।
सङ्घका प्रथम उपाध्यक्ष मल्लले सङ्घले खडा गरेको कोषमा सहयोग गरेकामा आभार व्यक्त गरे । उक्त कोषबाट सङ्घले जिल्लाका दश वटै स्थानीय तह तथा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।