निषेधाज्ञाको खिली उडाउँदै जनप्रतिनिधि, नगरप्रमुखकै उपस्थितिमा हलभरी मान्छे जम्मा गराएर खानेपानीको अधिवेशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निषेधाज्ञाको खिली उडाउँदै जनप्रतिनिधि, नगरप्रमुखकै उपस्थितिमा हलभरी मान्छे जम्मा गराएर खानेपानीको अधिवेशन

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७८, शुक्रबार

    दमाैली : तनहुँको व्यास नगरपालिका कोरोनाको उच्च जोखिममा छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार व्यासमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ८६ रहेको छ । वैशाख यता व्यासका एक हजार ६ सय ५१ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

    जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्वारा जारी आदेशमा मानिसहरुको भीडभाड हुने सबै प्रकारका कार्यक्रम पूर्ण रुपमा बन्द गर्न निर्देशन गरिएको छ । प्रजिअले जारी गरेको निषेधाज्ञा आदेश तनहुँमा लागु भएको पाइएको छैन ।

    जनप्रतिनिधिकै रोहवरमा तनहँुमा निषेधाज्ञाको खिल्ली उडाउने काम भइरहेको छ । कोरोनाको उच्च जोखिम रहेको व्यास नगरपालिकामा नगर प्रमुख वैकुण्ठ न्यौपानेकै रोहवरमा व्यास–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले शुक्रबार १२ औं साधारणसभा एवं ७ औ अधिवेशन आयोजना गरेको छ ।

    हलभरी मान्छे जम्मा गराएर आयोजना गरिएको कार्यक्रमले निषेधाज्ञाको त खिल्ली उडाएको छ नै कोरोनालाई पनि सामान्य ठानेर मजाक गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँ भने भीडभाड हुने कार्यक्रम गर्न नपाइने बताउँदै आएको छ ।