पूर्वमन्त्री बस्नेतद्वारा पहिरा पीडितलाई राहत प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वमन्त्री बस्नेतद्वारा पहिरा पीडितलाई राहत प्रदान

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७८, शनिबार

    दमौली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतले गत असारमा आएको पहिराले ज्यान गुमाएका तनहुँ र गोरखाका सात परिवारलाई राहत प्रदान गरेका छन् । नेपाली काङ्ग्रेस तनहुँको पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा पूर्वमन्त्री बस्नेतले तनहुँका पाँच र गोरखाका दुई परिवारलाई जनही रु २५ हजारका दरले राहत रकम प्रदान गरेका हुन् ।

    पहिराबाट ज्यान गुमाएका तनहुँको ऋषिङ–७ का खुमबहादुर आले, सोही वडाका देवीसरा थापा, बन्दिपुर गाउँपालिका–३ का सरस्वती थापा मगर, हरिमाया सार्की, व्यास–१ का सरस्वती घर्ती, गोरखा सिरानचौर–७ का रमनप्रसाद पाण्डे र नन्दकुमारी पाण्डेको परिवारलाई राहत रकम प्रदान गरिएको हो । ऋषिङका दुई जनाको गत असार २४ गते, बन्दिपुरका दुई जनाको गत असार १७ गते र व्यासका एक जनाको गत जेठमा र गोरखाका दुई जनाको गत असार १९ गते मृत्यु भएको थियो ।

    पहिरा पीडितलाई राहत वितरण गर्दै पूर्वमन्त्री बस्नेतले नेपाली काङ्ग्रेस सधैँ जनताको दुःखसुखमा साथमा रहेको बताए ।

    सोक्रममा नेपाली काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोला, व्यास नगर सभापति शान्तिरमण वाग्ले लगायतको सहभागिता थियो ।