सत्यवतीको अध्यक्षमा चार आकाङ्क्षी : के छन् एजेण्डा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सत्यवतीको अध्यक्षमा चार आकाङ्क्षी : के छन् एजेण्डा ?

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७८, आईतवार

    दमाैली : तनहुँ जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको सत्यवती माध्यमिक विद्यालयको अध्यक्षका चार आकाङ्क्षीले आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्षका पदका लागि सुरेश वाग्ले, माधव अधिकारी, सूर्यचन्द्र लम्साल र करुण काफ्लेले आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

    सहमतिमा नेतृत्व चयनका लागि प्रयास भएपनि चारै जना टसमस भएका छैनन् । सबैले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सहयोगको अपिल गरेका छन् । चारै जना उम्मेदवारले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिलाई प्रमुख मुद्दा बनाएका छन् । के छन् त अध्यक्षका उम्मेदवारका प्रतिबद्धता ?

    सुरेश वाग्ले

    विद्यालय व्यवस्थापन समितिमा दुई पटक सदस्यको रुपमा काम गरिसकेका सुरेश वाग्लेले विद्यालयको शैक्षिक स्तर र भौतिक संरचनामा सुधार ल्याउँदै आर्थिक पारदर्शीता कायम गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । विद्यालयका विविध समस्या समाधान गर्नुका साथै विद्यालयलाई गतिशिल तुल्याउन स्पष्ट दृष्टिकोणका आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    “सामुदायिक बिद्यालयका गतिविधि केही न केही हदसम्म ओझेलमा पर्न गएको छ । आजको विद्यमा अवस्थामा शिक्षालाई व्यावसायिक, प्राविधिक एवं जीवनपयोगी सीपसँग जोड्नुपर्ने मुख्य चुनौति छ,” उनले भने, “यसैका लागि म सदैव क्रियाशील रहनेछु ।”

    माधव अधिकारी

    यसअगाडी पनि विद्यालयको समितिमा बसेर काम गरिसकेका माधव अधिकारीले सबै विचार, समुदाय एवं वर्गलाई एकीकृत गर्दै नयाँ ढङ्गबाट विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए । “विगतमा समितिमा रहेर काम गरेको अनुभवलाई आत्मसाथ गर्दै सम्पूर्ण विद्यार्थी अभिभावकहरुको भावना अनुसार विद्यालयलाई अगाडि बढाउने दृढ सङ्कल्प लिएको छु,” उनले भने ।

    सत्यवती नेपालकै सामुदायिक विद्यालयहरुमा नमुनाको रुपमा परिचित भएको उल्लेख गर्दै उनले पूर्वज समितिहरुको कुशल व्यवस्थापन, विद्यालय प्रशासन एवं शिक्षकको अथक मिहिनेतले आज गर्व गर्न लायक विद्यालय बनेको चर्चा गरे । सबै अग्रजहरुको प्रेरणालाई अनुशरण गर्दै प्रविधिको प्रयोगलाई सबै विद्यार्थीको पहुँचमा पु¥याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

    सूर्यचन्द्र लम्साल

    विगत ६ वर्षदेखि विद्यालयको समितिमा रहेका सूर्यचन्द्र लम्सालले नेपाली सेनामा १८ वर्षको सेवा पश्चात् विभिन्न संस्थामा नेतृत्व गरेको अनुभव आफूसँग रहेको बताएका छन् । निवर्तमान समिति गठनका क्रममा आफूले त्याग गरेको स्मरण गर्दै उनले चुनावमा नगई सहमतिबाट नेतृत्व चयन भएकाले यस पटक आफूले अध्यक्षको चाहना व्यक्त गरेको बताए ।

    “विद्यालय प्रशासनलाई स्वच्छ र मर्यादित वनाई उपयुक्त शैक्षिक वातावरणमा बालमैत्री विद्यालय स्थापना गर्न मेरा सम्पूर्ण प्रयासहरु केन्द्रित हुनेछन्,” उनले भने, “विद्यालयसँग सरोकार राख्ने विभिन्न सङ्घसंस्थाहरु, प्रदेश, सङ्घ सरकार समक्ष समन्वय गरी विद्यालयको विकासमा लाग्नेछु ।” लम्सालले कोभिडका कारणले भौतिक रूपमा पढाई हुन नसकेको वा अनलाइनको पहँुच नभएका विद्यार्थीलाई पनि पढाईबाट वञ्चित नगराउनका लागि व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

    करुण काफ्ले

    विद्यालयका पूर्व शिक्षक रहेका करुण काफ्लेले विद्यालयका हरेक समस्याका बारेमा आफू जानकार रहेकाले आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए । “म सानैबाट त्यहाँ पढे्को हूँ, विद्यार्थी, शिक्षक हँुदै अहिले अभिभावक बनेको छु । मलाई विद्यालयका हरेक पक्षको राम्रो ज्ञान छ,” उनले भने, “त्यसका लागि सबैभन्दा सक्षम उम्मेदवार म हूँ ।”

    अनलाइन शिक्षण कार्यक्रम सञ्चालन गर्दाका क्रममा देखिएका समस्याहरुको हल गर्ने र प्रविधिमैत्री शिक्षण नै हालको मुुख्य आवश्यकता रहेकाले यसैमा जोड दिई विद्यार्थीहरुको अध्ययन कार्यमा रुची बढाउने र शिक्षकको हौसला वृद्धि गर्ने गर्नेतर्फ आफ्नो ध्यान रहने उनले बताए ।

    कमजोर आर्थिक अवस्थाका कारण अनलाइन शिक्षामा जोडिन नसकेका विद्यार्थीहरुलाई पढ्न पाउने अधिकारबाट वञ्चित हुन नदिन विशेष कार्यक्रम ल्याउने लक्ष्य राखेको उनले बताए । “विद्यार्थीको चाप, साँघुुरो विद्यालय परिसर, अव्यवथित शौचालय चुुनौतिको रुपमा रहेका छन् । यी समस्याको समाधान गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिने मेरो लक्ष्य हो,” उनले भने ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।