ब्राम्हण समाजको सामूहिक रक्षाबन्धनमा डोवाटे विक पुगेपछि… (फोटो/भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ब्राम्हण समाजको सामूहिक रक्षाबन्धनमा डोवाटे विक पुगेपछि… (फोटो/भिडिओ)

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७८, आईतवार

    दमौली : ब्राम्हण समाज नेपाल तनहुँ शाखाले जनैपूर्णिमाको अवसरमा आइतबार दमौलीमा सामूहिक रक्षाबन्धन कार्यक्रमको आयोजना ग¥यो । संस्कृति संरक्षण र जातीय विभेद अन्त्यका लागि समाजले सामूहिक रक्षाबन्धन कार्यक्रम आयोजना गरेको थियो ।

    समाजमा अझै पनि जात जातका बीचमा असमानता र विभेद रहेकाले त्यस्ता विभेद अन्त्य गर्न समाजले पहिलो पटक दमौलीमा सामूहिक रक्षाबन्धन आयोजना गरेको हो । उक्त कार्यक्रममा सहभागी हुँदै गण्डकी प्रदेश सभा सदस्य डोवाटे विश्वकर्माले पनि विधिपूर्वक मन्त्रण गरिएको धागो बाँधेका छन् । प्रदेशसभा सदस्य विश्वकर्मालाई समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले धागो बॉधिदिए ।

    जनैपूर्णिमामा धागो बाँधेपछि प्रदेशसभा सदस्य विश्वकर्माले समाजमा जातीय विभेद हटेर गइरहेको आजको कार्यक्रमले पुष्टि गरेको प्रतिक्रिया दिए । “हिन्दु धर्म, संस्कार वेदले कुनै पनि जात, वर्ग र कोही पनि फरक छैन भन्ने धार्मिक परम्परा छ,” उनले भने, “ब्राम्हण समाज नेपालले सामूहिक रक्षाबन्धनको कार्यक्रम आयोजना गरेर समाजमा रहेको विभेद न्यूनीकरणका लागि उदाहरणीय काम गरेको छ ।”

    समाजमा अझै पनि जातीय विभेद र छुवाछुत रहेको उल्लेख गर्दै विश्वकर्माले कानूनले यसलाई दण्डनीय मानेपनि कतिपयको सोच अझै पनि परिवर्तन गर्न नसकिएको उल्लेख गरे । “समाजमा सबै समान छन्, कसैलाई पनि विभेद गर्नुहुन्न भन्ने चेतना जगाउन ब्राम्हण समाजको अभियानले सहयोग पुग्छ,” उनले भने ।

    संस्कृति संरक्षणका लागि जातीय विभेद अन्त्यका लागि समाजले सामूहिक रक्षाबन्धन गरेको समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए । समाजका सबै वर्ग र जातिलाई सामूहिक रक्षाबन्धन गरिने उनले बताए । “सनातन हिन्दु धर्मावलम्बीच समान व्यवहार र जातीय विभेद हटाउने ब्राम्हण समाजको मूल उद्देश्य हो,” उनले भने ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।