२५० लाई सामूहिक रक्षाबन्धन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २५० लाई सामूहिक रक्षाबन्धन

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७८, आईतवार

    दमौली : जनैपूर्णिमाका अवसरमा ब्राम्हण समाज नेपाल तनहुँले २५० जनालाई सामूहिक रक्षाबन्धन गरेको छ । व्यास-३ स्थित अनसनचोकमा बिहान ९ देखि १२ बजेसम्म गरिएको कार्यक्रममा २५० जनालाई रक्षाबन्धन गरिएको हो ।

    उक्त कार्यक्रममा विभिन्न जातजाति र समुदायका व्यक्तिको उल्लेख्य सहभागिता रहेको समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए । धर्म संस्कृतिको संरक्षण गर्दै जातीय विभेद अन्त्यका लागि सामूहिक रक्षाबन्धन गरिएको उनको भनाई छ ।

    सामूहिक रक्षाबन्धनको गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले शुभारम्भ गरेका थिए । सर्वसाधारणलाई समाजका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा. लक्ष्मीकान्त चापागाइँ, केन्द्रीय सदस्य उपेन्द्र लम्साल लगायतले धागो बॉधिदिएका थिए ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।