तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिकाकी महिला रहेको स्वास्थ्य्य निर्देशनालयले आइतबार सार्वजनिक विवरणमा उल्लेख छ ।
व्यास-२ की ६९ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा आइतबार मृत्यु भएको हो । ती महिलामा भदौ २ गतो कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी आइतबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमध्ये ७ महिला र १८ पुरुष छन् । पछिल्लो २४ घण्टामा तनहुँका ९२ जनाको कोरोना परीक्षण गरिएको थियो ।