तनहुँ : तनहुँमा भदौ ८ गतेदेखि सवारी साधनमा जोर बिजोर लागु गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सार्वजनिक तथा निजी सवारी साधनलाई जोर बिजोर लागु गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछन् । तनहुँमा बिहान ६ देखि सॉझ ६ बजेसम्म सवारी सञ्चालनको अनुमति दिइएको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।