साथी सहकारीद्वारा स्वास्थ्य सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    साथी सहकारीद्वारा स्वास्थ्य सामग्री वितरण

    विवि श्रेष्ठ

    ६ भाद्र २०७८, सोमबार

    तनहुँ : महिलाद्वारा सञ्चालित साथी बचत तथा ऋण सहकारी संस्थाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि शेयर सदस्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाकी अध्यक्ष नन्द कुमारी आलेको नेतृत्वमा सहकारीले शेयर सदस्यहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

    एक हजार पाँच सय ५२५ महिला शेयर सदस्य रहेको संस्थाले वडाका अध्यक्ष काजीमान श्रेष्ठको प्रमुख आतिथ्यतामा व्यास नगरपालिका–१४ र बन्दिपुर गाउँपालिका अन्तर्गत रामकोट, सुखौरा र शेराटारका शेयर सदस्यलाई सामग्री वितरण गरेको हो ।

    कोभिड नियन्त्रणका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कार्यको वडाध्यक्ष श्रेष्ठले सराहना गरे । संस्था स्थापना भएदेखि नै महिलाको नेतृत्व विकास, स्वनिर्भर र आयआर्जनमा कार्य गर्दे आएको र अहिलेको स्वास्थ्य सामग्री वितरण कार्य पनि जनउत्तरदायी भएको संस्थाका पूर्वअध्यक्ष एवं व्यास नगरपालिकाका कार्यकारिणी सदस्य नरिमाया रानाले बताइन् ।

    संस्थाले वडाका सबै टोलमा पुगेर एक हजार पाँच सय २५ घरधुरीलाई नै दुई थान साबुन, १० थान मास्क र अन्य सामग्री गरी एक लाख बराबरको सामग्री वितरण गरेको अध्यक्ष नन्दकुमारी आलेले जानकारी दिइन् ।