तनहुँ : माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा तनहुँका तीन जनाले सनाखत गरेका छन् । बुधबार निर्वाचन आयोगमा पुगेर दुई जना प्रतिनिधि सभा सदस्य र एक जना वैकल्पिक केन्द्रीय सदस्यले सनाखत गरेका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, समानुपातिक सांसद कलिला खातुन र नेकपा एमालेमा रहँदाका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले दल दर्ताका लागि सनाखत गरेका हुन् ।