काेराेना सङ्क्रमण : तनहुँका एक जनाको मृत्यु, २९ संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काेराेना सङ्क्रमण : तनहुँका एक जनाको मृत्यु, २९ संक्रमित

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७८, बुधबार

    दुलेगाैडा : तनहुँमा एक जना कोरोना संक्रमतिको मृत्यु भएको छ । व्यास नगरपालिका–५ का ३९ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

    उनको संक्रमक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार कोरोना पुष्टी भएका उनको सोही दिन मृत्यु भएको छ । हालसम्म जिल्लाका १ सय ३२ जना संक्रमतिको मृत्यु भएको छ ।

    यस्तै, बुधबार पछिल्लो २४ घण्टामा तनहुँमा २९ जना कोरोना संक्रमित थपिएका छन् । १८ महिला र ११ पुरुषलाई संक्रमणको पुष्टी भएको हो । ८२ जनाको पिसीआर र एन्टिजोन विधीबाट कोरोना परिक्षण गरिएको थियो ।

    जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ३९ जना रहेको छ । हालसम्म ६ हजार ४ सय ५१ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । तीमध्ये ५ हजार ९ सय ८० निको भएका छन् । सक्रिय संक्रमितमध्ये ७ जना जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा रहेका छन् ।

    बुधबार गण्डकी प्रदेशमा ४ सय ९६ जना संक्रमित थपिएका छन् । १ हजार ६ सय ७६ जनाको कोरोना परिक्षण गरिएको थियो । योसंगै गण्डकीमा संक्रमितको कुल संख्या ७ हजार ९ सय ९६ पुगेको छ । ७४ हजार २ सय ३९ निको हुदाँ ४ हजार ३ सय ३९ सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बुधबार गण्डकीका १२ जनाको मृत्यु भएको छ ।

    यो पछिल्लो साताको उच्च हो । कास्कीका ७ जना, स्याङजाका २ र जना तनहुँ, बाग्लुङ र पर्वतका १÷१ जना को मृत्यु भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । गण्डकीमा १ हजार २ सय ५९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।