दुलेगाैडा : तनहुँमा बिहीबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ का ३३ वर्षीय पुरुष रहेका छन् ।
उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई भदौ २ मा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै तनहुँमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ३३ पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, बिहीबार तनहुँका थप १२ जनालाई कोरोना पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ती अनुसार ८ जना महिला र ४ जना पुरुषलाई संक्रमण पुष्टी भएको हो । ७० जनाको पिसीआर र एन्टिजोन विधीबाट कोरोना परीक्षण गरिएको थियो । विहीबारसम्म तनहुँमा ६ हजार ४ सय ६४ जनालाई कोरोना पुष्टी भएको छ ।
६ हजार ८ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ सय २३ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिपी काईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा ७ जना उपचाररत छन् । बाँकी संक्रमित होम आईसोलेसनमा रहेको जनार्ईएको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।