दमाैली : प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानको निर्वाचन क्षेत्रीय कार्यालयको शुक्रबार दमौलीमा स्थापना गरिएको छ । सो कार्यालयको नेकपा एकीकत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले उद्घाटन गरे ।
यस अघि नेकपा एमालेका सांसद रहेका श्रेष्ठ केही दिन अघि एमालेबाट विभाजन भएको गठन भएको नेकपा एकीकृत समाजवादीमा लागेपछि एमालेको सांसदको रुपमा रहेको कार्यालयको बोर्ड हटाएर नयाँ पार्टीको सांसदको बोर्ड राखिएको नेकपा एकीकृत समाजवादी तनहुँका सचिव श्रीराम कार्कीले बताए । अब केही दिनमा पार्टीको जिल्ला भेला र जिल्ला कार्यालय स्थापना गरिने कार्कीले जानकारी दिए ।