ओली सरकारको मूल्याङ्कन जनताले गरेका छन् : सासंद सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ओली सरकारको मूल्याङ्कन जनताले गरेका छन् : सासंद सिग्देल

    विवि श्रेष्ठ

    ११ भाद्र २०७८, शनिबार

    दमौली : तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले ओली सरकारले गरेको कामको मूल्याङ्कन जनताले गरेको बताएका छन् । ओली सरकारले जनताले गरेको अपेक्षा गरेअनुरुप नै काम गरेको उनको भनाई छ।

    सङ्घीयता कार्यान्वयन, देशको राष्ट्रियता, सीमासुरक्षा र विदेशीसँगको बराबरीको सम्वन्धमा ओली सरकारले देशको शिर उँचो वनाएको पनि उनले जिकिर गरे ।

    नेकपा एमाले व्यास नगर कमिटीको शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिग्देलले भने, “संविधान जारी हुने बेलामा भएको भारतीय हस्तक्षेपको विरुद्ध ओलीले ढृढताका साथ लडेका थिए । नेपालको आन्तरिक मामिलामा हुने हस्तक्षेपमा ओली सरकारले औला ठड्याएको छ । जसले गर्दा भारतले नेपालसँग समान सम्वन्ध कायम गर्न बाध्य बनेको छ ।” सीमा सुरक्षा होस, वा लिपुलेक कालापानीमा भारतलाई झुक्न बाध्य पारेको उनले बताए ।

    देश र राष्ट्रियताका लागि काम गर्दागर्दै विदेशी चलखेल र देशभित्रकै देशको भलो नचाहने शक्तिका कारण ओली सरकार विस्थापित हुन परेको बताउँदै सिग्देलले भने, “ यो कुरा जनताले राम्रोसँग मूल्याङ्कन गरेका छन्, अबको निर्वाचन पछि पुन नेकपा एमाले पहिलो शक्ति हुन्छ ।”

    सत्ता र शक्ति प्राविधिक पक्ष भएको भन्दै उनले मुख्य कुरा विचार र दृष्टिकोण भएको र त्यसमा नेकपा एमाले स्पष्ट रहेको उल्लेख गरे । “जनताको समस्या समाधान गर्न, सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न एमाले अग्रसर छ । पार्टीभित्रको फुट वैचारिक र सैद्धान्तिक नभई पदीय लोलुपताको कारण भएको हो,” उनले भने । व्यक्ति नभई विचार र पार्टी महत्वपुर्ण भएको हुँदा कोही पनि विचलित नभई जनताको काममा लाग्न समेत उनले आग्रह गरे ।

    नगर कमिटीका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद राम बहादुर गुरुङ, नगर ईन्चार्ज प्रदिपराज अधिकारी, जिल्ला कमिटीका सदस्य रामजी लौडारी, माधवी पण्डित, पूर्व नगर अध्यक्ष वीरेन्द्र अधिकारी, नेतृ वसुन्धरा घर्ति लगायतका नेता कार्यकर्ताहरुले समसामयिक विषयमा बोलेका थिए । नगर सचिव निर्मल पण्डितले संचालन गरेको सो कार्यक्रममा व्यास नगर भित्रका अगुवा नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।