उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले भन्यो – अब लकडाउन पालना गर्न सक्दैनौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले भन्यो – अब लकडाउन पालना गर्न सक्दैनौ

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७८, आईतवार

    दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले लामो समयदेखि लकडाउनले व्यवसायी मर्कामा रहेको भन्दै अब लकडाउनको पालना गर्न नसक्ने बताएको छ । प्रमुख जिल्ला अधिकारीलाई आइतबार ध्यानाकर्षण पत्र बुझाउँदै इकाईले आगामी दिनमा समेत लकडाउन रहे पालना नगर्ने बताएको हो ।

    नजिकिदै आईरहेको नेपालीहरुको माहान्‌ चाडपर्वहरूलाई मध्यनजर गर्दै सम्पूर्ण व्यवसायहरु निर्वाध, रूपमा सञ्चालन गर्न गराउन प्रशासनबाट सहयोगको अनुरोध गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, “वर्तमान लकडाउनका कारण व्यवसायीहरुले घरभाडा समेत बुझाउन गाह्रो परिरहेको छ । विभिन्न वस्तुगत समितिहरुबाट प्राप्त पत्रहरुको आधारमा आगामी दिनहरूमा समेत लकडाउन गरे व्यवसायी लकडाउन पालना गर्न सक्दैनन् ।”

    तनहुँमा भदौ १५ गतेसम्म लकडाउन जारी छ । अब स्मार्ट लकडाउनको तयारी प्रशासन छ । स्थानीय तहको सिफारिसका आधारमा जोखिम क्षेत्र पहिचान गरी स्मार्ट लकडाउन कार्यविधि अनुसार लकडाउन गरिने प्रशासनले जनाएको छ ।