दमाैली : तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण छाब्दी खोलामा आएको बाढीले त्यहाँ निर्माण गरिएको डाइभर्सन बगाएको हो ।
गत असार १७ गते आएको बाढीले पक्की पुल भत्काएपछि व्यास नगरपालिकाले उक्त ठाउँमा असार २७ गतेदेखि अस्थायी डाइभर्सन बनाएर यातायात सुचारु गराएको थियो । तर केही दिनदेखि परेको वर्षापछि आएको बाढीले डाइभर्सन पनि बगाइदिएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ ।
उक्त ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । दुवैतर्फ जिप निर्माण सम्पन्न भइसकेको छ ।
फाइल फाेटाे