तनहुँ अदालतद्वारा दुई जबरजस्ती करणी मुद्दा फैसला, एकलाई १९ र अर्कालाई सात वर्ष कैद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ अदालतद्वारा दुई जबरजस्ती करणी मुद्दा फैसला, एकलाई १९ र अर्कालाई सात वर्ष कैद

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    तनहुँ : बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले १९ वर्ष कैद फैसला सुनाएको छ । भिमाद नगरपालिका–८ का ७५ वर्षीय भूपाल शाहीलाई जिल्ला अदालत तनहुँले बिहीबार १९ वर्ष कैदको फैसला सुनाएको हो ।

    जिल्ला न्यायधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले उक्त फैसला गरेको श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए । साथै पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने समेत फैसला भएको उनले बताए ।

    १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पीडक शाहीमाथि विसं २०७७ साउन १५ गते अदालतमा मुद्दा दायर भएको थियो ।

    यसैगरी जबरजस्ती करणी मुद्दामै अर्का एक अभियुक्तलाई सात वर्ष कैदको फैसला भएको छ । न्यायधीश ढुङ्गानाकै इजलासले भानु नगरपालिका–९ का श्रवणकुमार श्रेष्ठ विरुद्ध उक्त फैसला सुनाएको हो । यसैगरी पीडितलाई रु ६० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ ।

    एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७६ चैत २८ गते अदालतमा मुद्दा दायर भएको थियो ।