भिमाद : तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका ६ जनाको शुक्रबार सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग १ च ५१९० नम्बरको बोलेरो जीप खोला तर्ने क्रममा बगाउँदा जीपमा सवार ६ जनाको सकुशल उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार जीपमा सवार एक जना महिला, चार जना पुरुष र एक जना बालकको सकुशल उद्धार गरिएको छ । घटनामा मानवीय क्षति नभएको र जीप भने खोलामा डुबेको अवस्थामा रहेको तिमिल्सिनाले बताए ।
बिहीबार रातिदेखि परेको वर्षाका कारण खोला बढ्दा जीप बगाएपछि इलाका प्रहरी कार्यालय भिमादबाट प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
भिमादमा खाेलाले जीप बगायाे, ६ जनाकाे उद्धार https://khabarpunja.com/2021/09/03/29563
Posted by Khabarpunja on Thursday, September 2, 2021
प्रतिकात्मक तस्वीर
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।