दमाैली : नेपाली काङ्ग्रेसको शुक्रबार भइरहेको वडा अधिवेशनमा तनहुँको व्यास नगरपालिका–१ मा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
वडा सभापतिमा दिलबहादुर दरै चयन भएका छन् । वडा सभापतिका लागि दरै र मणिजङ्ग बस्नेत प्रतिस्पर्धामा थिए । क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति पनि सर्वसम्मत रुपमा चयन गरिएको नेपाली काङ्ग्रेस व्यास नगर समितिका सचिव चुडामणि दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले केही बेरमा औपचारिक रुपमा जानकारी गराउने उनले बताए ।
काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्लाका ८५ वटै वडामा अधिवेशन आयोजना गरिएको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।