दुलेगाैडा : बिहीबार रातिदेखि तनहुँमा भारी बर्षा भईरहेको छ । जिल्लाभर नै वर्षा भईरहेपनि विशेषत पोखरासँग जोडिएको भूभागमा भारी बर्षा भएको हो । वर्षाका कारण अप्रिय घटना अहिलेसम्म नघटेपनि नदीनाला, खहरेमा पानीको वहाब अत्याधिक बढेको छ ।
शहरी क्षेत्रका बस्ती डुबानमा पर्ने जोखिम बढेको पाईन्छ । पृथ्वीराजमार्गको विभिन्न खण्ड जलमग्न हुदाँ सवारी चालकले सास्ती खेप्नु परेको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।