सचिव श्रेष्ठ कर्णाली प्रदेशमा पदस्थापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सचिव श्रेष्ठ कर्णाली प्रदेशमा पदस्थापन

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७८, शुक्रबार

    काठमाडौँ: नवनियुक्त सचिव राजकुमार श्रेष्ठलाई कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका श्रेष्ठलाई रिक्त कर्णाली प्रदेशमा पदस्थापन गरेको हो ।

    केही दिन अघि कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा सरुवा गरेसँगै कर्णालीमा रिक्त थियो ।