नेकपा माओवादी केन्द्रद्वारा तनहुँका दश वटै पालिकामा नेतृत्व टुङ्गो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा माओवादी केन्द्रद्वारा तनहुँका दश वटै पालिकामा नेतृत्व टुङ्गो

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७८, शनिबार

    तनहुँ : नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाका दश वटै पालिकामा नेतृत्वको टुङ्गो लगाएको छ । शुक्रबार सम्पन्न पार्टीको बैठकले चार नगरपालिका र ६ गाउँपालिकामा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।

    माओवादी केन्द्रका इन्चार्ज एवं केन्द्रीय सदस्य हरिबहादुर चुमान, केन्द्रीय सदस्य आशा कोइराला लगायतको उपस्थितिमा बसेको बैठकले अध्यक्ष र सचिव चयन गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ।

    देवघाट अध्यक्षमा भुवन सिं गुरुङ र सचिवमा होम बहादुर भारती, ऑबुखैरेनी अध्यक्षमा प्रेम गुरुङ र सचिवमा गंगाराम कोइराला, बन्दिपुर अध्यक्षमा विद्या क्षेत्री र सचिवमा जीवन कायस्थ, भानु अध्यक्षमा सीताराम अधिकारी र सचिवमा दुर्गाबहादुर रावत, व्यास अध्यक्षमा रामचन्द्र सापकोटा र सचिवमा बसन्त दरै, ऋषिङ अध्यक्षमा बीरबहादुर थापा र सचिवमा डम्बर विक, घिरिङ अध्यक्षमा चुननारायण श्रेष्ठ र सचिवमा डम्बर थापा, भिमाद अध्यक्षमा रामबहादुर थापा र सचिवमा अमृत सिग्देल, शुक्लागण्डकी अध्यक्षमा परशुराम भण्डारी र सचिवमा मनराज गुरुङ, म्याग्दे अध्यक्षमा दिलबहादुर नेपाली र सचिवमा बालकृष्ण श्रेष्ठ सिफारिस भएका छन् ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा दुवै पार्टीका साविक अध्यक्ष र सचिवले भागबन्डामा जिम्मेवारी पाएका थिए ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।