व्यास नपाका कक्षा १२ का विद्यार्थीलाई २२ गते खोप लगाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नपाका कक्षा १२ का विद्यार्थीलाई २२ गते खोप लगाइने

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७८, आईतवार

    दमाैली : व्यास नगरपालिका अन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई भदौ २२ गते कोरोना विरुद्धको खोप लगाइने भएको छ । व्यास नगरपालिकाले कक्षा १२ को अन्तिम परीक्षामा सहभागी हुने विद्यार्थीलाई एष्ट्राजेनेका खोप अभियान सञ्चालन गर्न लागेको हो ।

    यसअघि छुट भएका विद्यार्थीले खोप लगाउन पाउने व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । यसअघि एक हजार विद्यार्थीले खोप लगाइसकेका छन् ।

    भदौ २२ गते १७ वटा विद्यालयका एक हजार ९ सय ५४ विद्यार्थीलाई १२ वटा खोप केन्द्रमा खोप लगाइनेछ । आदिकवि भानुभक्त क्याम्पसका ३६७ जनालाई आदिकविमा, महेन्द्रज्योति माविका २५ जनालाई श्याम्घा स्वास्थ्यचौकी सेवा केन्द्र शिशाघाटमा, पराशर माविका २०८ लाई पराशर माविमा, दमौली माविका २२८ लाई दमौली माविमा, सत्यवती माविका ५३६ लाई सत्यवतीमा, निर्मल माविका १६९, जलदेवीका ३५, उदय माविका १५ जनालाई निर्मलमा, वाराही आमाविका १०१, चण्डिदेवी रामाविका ३५, महर्षि वेदव्यासका २५ र सिद्धेश्वरी माविका २८ लाई महर्षिमा, माहेन्द्र माविका ४० जनालाई गजुरे स्वास्थ्यचौकीमा, केशवटार माविका २३ जनालाई केशवटार स्वास्थ्यचौकीमा, क्यामिन माविका ५४ लाई पाथ्रा आधारभूत स्वास्थ्य केन्द्रमा, वाराही माविका २२ लाई वाराही माविमा र जनजुक्त शाही माविका ४४ लाई सोही विद्यालयमा खोप लगाइनेछ ।

    यसअघि सबै विद्यार्थीलाई व्यास नगरपालिकामा खोप लगाउँदा भीडभाड भएपछि नगरपालिकाको आलोचना भएको थियो । सोही कारण यसपटक धेरै खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिदैछ ।