तनहुँ : जबरजस्ती करणी मुद्दाका दुई अभियुक्तलाई जिल्ला अदालत तनहुँले जनही सात वर्षको कैद फैसला सुनाएको छ । जिल्ला न्यायधीश बासुदेव पौडेलको साेमबारकाे इजलासलले मोरङको उर्लाबारी नगरपालिका–६ का गोपाल भण्डारी र विमल ढकाललाई जनही सात वर्षको कैद फैसला सुनाएको हो ।
साथै पीडितलाई दुई अभियुक्तबाट जनही रु ५० हजार क्षतिपूर्ति भराउने आदेश समेत भएको श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए । निजहरु विरुद्ध विसं २०७६ साउन ५ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।