दमौली : व्यास नगरपालिका-१४ कुलुङमा प्राकृतिक रुपमा उम्रिएका गाजाका बोट नष्ट गरिएको छ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप प्रहरीले बुधबार तीन रोपनी क्षेत्रफलमा उम्रिएका पॉच सय गाजाका बोट नष्ट गरेको हो ।
प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा गाजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय यो अभियानलाई जिल्लाव्यापी बनाएको छ।