मृगौला प्रत्यारोपण गरेकालाई मासिक ५ हजार रुपैयाँ दिइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मृगौला प्रत्यारोपण गरेकालाई मासिक ५ हजार रुपैयाँ दिइने

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७८, शुक्रबार

    काठमाडौं : सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक ५ हजार उपलब्ध गराउने भएको छ । 

    यस्तै, राजनीतिक परिवर्तनका लागि बलिदान गर्ने परिवारको लागि मासिक ३ हजार भत्ता प्रदान गर्ने बताइएको छ ।