एमाले सांसदले सभामुखको टाउकोमै माइक हान्छु भनेपछि ओलीले गराए सचेत, संयमित हुन निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले सांसदले सभामुखको टाउकोमै माइक हान्छु भनेपछि ओलीले गराए सचेत, संयमित हुन निर्देशन

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७८, आईतवार

    काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामा संयमित भएर प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।

    प्रतिनिधिसभा बैठकअघि आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संयमित भएर प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

    ओलीले ‘सभामुखको टाउकोमा हान्न माइक तानेकी थिएँ’ भन्ने एमाले सांसद रेखाकुमारी झाको अभिव्यक्तिमा पनि सचेत गराए ।

    ‘हाम्रो संसदीय मर्यादा तोकिएका छन् । वेलमा जाने भन्दा दायाँबायाँ गर्नुहुन्न । वेलमा नारा लगाउँछौं । सामान्य अवस्था भयो भने विस्तारै नारा लगाउने । सत्ता पक्ष एग्रेसिभ भए जोरले नारा लगाउँछौं,’ उनले भने, ‘सभामुखलाई माइक हान्ने योजना थियो भन्ने होइन । त्यस्तो हामीले गर्ने होइन । जिम्मेवारीपूर्वक बोल्ने व्यवहार गर्ने हो ।’

    ओलीले संयमित भएर प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए । केहीबेरमा प्रतिनिधिसभा बैठक सुरु हुँदैछ ।