तनहुँ : तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यकाे सरुवा भएकाे छ । गृह मन्त्रालयले तनहुँका प्रजिअकाे सरुवा गरेकाे हाे । आचार्यलाई मन्त्रालयकाे जगेडामा तानिएकाे छ ।
तनहुँमा विश्व अर्याल प्रमुख जिल्ला अधिकारीकाे रुपमा आउने भएका छन् । विपद् प्राधिकरणमा कार्यरत अर्याललाई तनहुँकाे सीडीओको जिम्मेवारी दिइएकाे हाे ।
मेराे न्युज डटकमका अनुसार अर्याललाई कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा तनँहु सीडीओ बनाएर पठाइएको गृह स्रोतले जानकारी दिएको छ ।
तनहुँका सीडीओ आचार्यले साेमबार साँझ ५ बजे आफूलाई सरुवाकाे चिठी प्राप्त भएकाे बताए । “सरुवाकाे चिठी प्राप्त भएकाे छ,” उनले खबरपुञ्ज डटकमसँग भने, “जिल्लामा रहँदा सबैकाे राम्राे सहयाेग प्राप्त भयाे ।” १४ महिना जिल्ला बसाइँका क्रममा सबैसँग समन्वय गरेर काम गरेकाे आचार्यले बताए ।