‘काङ्ग्रेस व्यास नगरलाई चलायमान बनाउन सचिवमा उम्मेदवारी’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    ‘काङ्ग्रेस व्यास नगरलाई चलायमान बनाउन सचिवमा उम्मेदवारी’

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बिहीबार

    दमाैली : नेपाली काङ्ग्रेसका युवा नेता सरोज भण्डारीले पार्टीलाई चलायमान बनाउनका लागि आफूले व्यास नगर सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । असोज ९ गते हुने व्यास नगरपालिकाको अधिवेशनमा आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको भण्डारीले बताए ।

    भण्डारीले आफूलाई सबै क्षेत्रीय प्रतिनिधिको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे । “काङ्ग्रेसमा युवादेखि वृद्धवृद्धासम्मको आकर्षण छ, यो पार्टीलाई बलियो र चलायमान बनाउन मेरो भूमिका हुनेछ,” उनले भने ।