चीनबाट थप ४४ लाख खोप आउँदै, नेपाली विमान बेइजिङमा, हिमाली जिल्ला प्राथमिकतामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चीनबाट थप ४४ लाख खोप आउँदै, नेपाली विमान बेइजिङमा, हिमाली जिल्ला प्राथमिकतामा

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७८, शुक्रबार

    काठमाडौं : सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको भेरोसेल खोप काठमाडौं आउँदैछ । स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए ।

    खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

    खोप आएलगत्तै तुरुन्तै लाउन सुरु गरिने डाक्टर दाहालले बताए । ‘हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले न्युज कारखानासँग भने ।

    हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ ।