रिभर फन बिच रिसोर्टमा जिपलाइन र स्काइ साइक्लिङ बन्दै, डिसेम्बर भित्र सन्चालनमा आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    रिभर फन बिच रिसोर्टमा जिपलाइन र स्काइ साइक्लिङ बन्दै, डिसेम्बर भित्र सन्चालनमा आउने

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७८, शनिबार

    चितवन : ९ बर्ष देखि रिसोर्ट र र्याफ्टिङ ब्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोला देखि गोरखा बुट्टारमा रहेको अफ्नै रिसोर्ट सम्म पुग्ने गरि निर्माण गरिरहेको जिपलाइनको सत्तरी प्रतिशत काम सम्पन्न भएको छ ।

    ‘५ सय मिटर लामो बन्ने जिपलाइनको ४ सय मिटर भाग त्रिशुली नदि माथी पर्ने कारण झनै सहासिक र रोमान्चक हुनेछ।’ रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारी थप्छन्, अधिकांश भाग नदि माथी पर्ने यो जिपलाइन बिश्वकै नमुना हुनेछ ।’

    १८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइन युरोपियन स्ट्यान्डर्ड सहित भारती कम्पनीको प्राबिधिक सहयोगमा निर्माण भैरहेको अधिकारी बताउँछन् ।

    जिएल एयरक्राफ्ट रोप प्रयोग गरिने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए ।

    ८५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशुली नदि माथी निर्माण भैरहेको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए ।

    मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ सन्चालन गर्ने तयारी रहेको छ ।

    कफि बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटम सहित क्याफे सन्चालन गरिने बताइएको छ ।

    आगामी अङ्ग्रेजी नयाँ बर्ष भित्र सन्चालनमा ल्याउने लक्ष राखिएको जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।