महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने देवकुमारको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने देवकुमारको घोषणा

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७८, सोमबार

    दमाैली : नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले आसन्न नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन । सोमबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

    यसअगाडी व्यास नगर समितिको सभापतिमा उम्मेदवारी दिने बताएपनि श्रेष्ठले अन्तिम समयमा आएर महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । “धेरै मतदाता साथीहरुको सल्लाह र सुझावलाई शिरोधार्य गर्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने निष्कर्षमा पुगेँ,” श्रेष्ठले भने, “मतदाताको सुझाव र विचारलाई कदर गर्नैपर्छ ।”

    व्यास नगरपालिका–२ बाटै धेरै साथीहरुले पदाधिकारीमा जाने इच्छा देखाएको बताउँदै श्रेष्ठले भने, “तपाईसँग क्षमता छ, माथिल्लो पदमा जानुपर्छ भन्ने धेरै साथीहरुको मत रह्यो । साथीहरुको सल्लाह बमोजिम नै महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न लागेको हूँ ।” हरेक क्षेत्रमा भिजेकाले आफू जित्नेमा ढुक्क रहेको श्रेष्ठले दावी गरे । महाधिवेशन प्रतिनिधि जितेपछि माथिल्लो पदमा जाने सोच रहेको श्रेष्ठको भनाई थियो ।

    गण्डकी ट्रेड सप्लायर्सका अध्यक्ष रहेका श्रेष्ठ गण्डकी बहुउद्देश्यीय सहकारीको कोषाध्यक्ष, सिद्धार्थ बैङ्को प्रमोटर सदस्य, रुदी हाइड्रोपावरका प्रमोटर सदस्य, बन्दिपुर केबलबारका प्रालिका प्रमोटर सदस्य समेत हुन् । व्यास नगर जेसीज, तनहुँ यातायात व्यवसायी, तनहुँ उद्योग वाणिज्य सङ्घ, रोटरी क्लव डिष्ट्रिक्ट ३२९२ नेपाल भूटान, व्यास नगर विकास समिति लगायतका संस्थामा रहेर श्रेष्ठले योगदान दिइसकेका छन् ।

    २०७२ सालमा तनहुँ जिल्लाको उत्कृष्ट करदाताको रुपमा सम्मानित श्रेष्ठले महाभूकम्प राहत सङ्कलनमा तनहुँ जिल्लाबाट सर्वाधिक राहत गरे बापत पनि सम्मान पाएका छन् ।