पहिराले अवरुद्ध डुमे्र–वेसीशहर सडक एकतर्फी सुचारु (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराले अवरुद्ध डुमे्र–वेसीशहर सडक एकतर्फी सुचारु (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७८, मंगलवार

    भानु : सोमबार राति परेको भीषण वर्षापछि गएको पहिराले अवरुद्ध भएको डुम्रे–वेसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ । तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा जाँदा अवरुद्ध भएको सडकखण्ड मङ्गलबार बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

    सडकभन्दा माथिको ढिस्को खसेर लेदो सहितको पहिराले सडकखण्ड अवरुद्ध हुँदा सयौ सवारी साधन रोकिएका थिए । उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

    सडक डिभिजन कार्यालयको सहयोगमा जेसीभी प्रयोग गरी पहिरा पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याउन काम भइरहेको छ । “दुईतर्फी रुपमा बाटो सुचारु गराउन केही समय लाग्ने देखिएको छ,” तिमिल्सिनाले भने ।

    तनहुँकाे भानु नगरपालिका-८ पाँचसयफाँटमा पहिराेले अवरुद्ध भएकाे डुम्रे-वेसीशहर सडकखण्ड सुचारु गराउँदै । https://khabarpunja.com/2021/09/21/30575

    Posted by Khabarpunja on Monday, September 20, 2021