भानु : पहिरोले अवरुद्ध डुम्रे-वेसीशहर सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार राति परेको वर्षाका कारण पहिरो जॉदा अवरुद्ध भएको सडखण्ड मङ्गलबार दिउँसो १२:१५ बाट दुईतर्फी सञ्चालनमा आएको हो ।
उक्त सडकखण्ड बिहान १० बजेबाट एकतर्फी सुचारु भइसकेको थियो । प्रहरी नायब उपरिक्षक युवरा तिमिल्सनाका अनुसार पहिरो सफा गरेपछि दुईतर्फी रुपमा सडक सुचारु भएको जानकारी दिए ।
फाइल फोटो