दमाैली : कोरोना सङ्क्रमणबाट तनहुँका थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास र शुक्लागण्डकीका एक÷एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुवै पुरुष छन् ।
शुक्लागण्डकी नगरपालिका–११ का ५० वर्षीय पुरुषको बुधबार मेडिप्लस अस्पतालमा मृत्यु भएको हो । ती पुरुषमा भदौ २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
व्यास नगरपालिका–१० का ४९ वर्षीय पुरुषको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा भदौ ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।