काङ्ग्रेस व्यास अधिवेशन : सहसचिवमा खनाल र रुचाल निर्विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    काङ्ग्रेस व्यास अधिवेशन : सहसचिवमा खनाल र रुचाल निर्विरोध

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७८, शनिबार

    दमौली : नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत व्यास नगर समितिको सहसचिवमा किशोरराज खनाल र मानबहादुर रुचाल निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा उम्मेदवारी दर्ता गराएका अन्य दुईले उम्मेदवारी फिर्ता लिएपछि खनाल र रुचाल सर्वसम्मत भएका हुन् ।

    सहसचिवमा माधव न्यौपाने र पविन्द्र भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।

    यसैगरी सभापतिमा चुडामणि दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । उपसभापतिमा प्रेमबहादुर राउतले उम्मेदवारी फिर्ता लिएका छन् भने सचिवमा उद्धव पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।