म्याग्दे : नेपाली काङ्ग्रेस म्याग्देको सभापतिमा रामभक्त घिमिरे निर्वाचित भएका छन् । शनिबार भएको मतदानबाट घिमिरे गाउँ कार्यसमितिको सभापतिमा निर्वाचित भएका हुन् ।
घिमिरेले एक सय ९ मत प्राप्त गर्दा प्रतिस्पर्धी विनोद खनालले ३९ मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित घिमिरेले कूल मतको ७३ प्रतिशत मत प्राप्त गरेका छन् ।
गाउँ समितिको उपसभापतिमा चिनीमाया थापा एक सय ३१ र पुष्पराज खनाल एक सय १० मत प्राप्त गरी विजयी भएका छन् । उपसभापतिका प्रत्यासी होमबहादुर नेपालीले ३७ मत प्राप्त गरे ।
यसैगरी सचिवमा गौरवराज राना एक सय १९ र सुन्दरमणि अधिकारी ९२ मत प्राप्त गरी विजयी भएका छन् । युवामाझ लोकप्रिय रानाले पुरुषतर्फ अत्याधिक मत प्राप्त गरेका छन् । रानाले कूल मतको ८० प्रतिशत प्राप्त गरेका छन् । सचिवका प्रत्यासी दिपककुमार श्रेष्ठले ४९ र श्रीराम घिमिरेले २१ मत प्राप्त गरेका छन् ।
सहसचिवमा श्रीभद्र आचार्य एक सय पाँच र सुरज थापा एक सय १४ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवका प्रत्यासी विकासराज खनालले ३६ र सङ्गम कायस्थले २३ मत प्राप्त गरेका छन् । सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।