दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकामा शनिबार भएको कांग्रेस नगर अधिवेशनमा प्रदिप पौडेलको प्यानल निर्वाचित भएको छ । सभापतिमा उक्त प्यानलले पनि गोपिबहादुर गुरुङलाई समर्थन गरेपछि सर्वसम्मत भएका थिए ।
उपसभापतिमा कृष्णप्रसाद रेग्मीले बाजी मारेका छन् । । उनले निकटम प्रतिद्वन्दी बालकृष्ण पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । रेग्मीले कार्यकारी पदमा पपुलर भोट १५४ प्राप्त गर्दा पौडेलले ९० भोट पाए । भिमादेवी खत्री मञ्जुले १०४ भोट प्राप्त गर्दै उपसभापतिमा विजयी भएकी छन् । उनको निकटमी प्रतिष्पर्धी सपना पराजुलीले ८९ मत पाईन् ।
सचिवमा दिपेन्द्र पौडेल र शिवराज रेग्मीले बाजी मारेका छन् । यी दुईले क्रमश : १४१ र १११ भोट पाएका छन् । मदन श्रेष्ठले १०६ र धिरजविक्रम खाँणले ६९ मत प्राप्त गरेका हुन् । सहसचिवमा भिष्म श्रेष्ठ र राजेश खनाल निर्वाचित भएका छन् । उनीहरुले क्रमश : १४९ र १२५ मत पाएर जितेका हुन् । निटतम प्रतिष्पर्धी टेकनारायण कोईरालाले ६६ र बिष्णुहरी पन्थीले ७६ मत ल्याएका थिए ।
खस आर्य पुरुष तर्फ अर्जुन घिमिरे (१८७), गोविन्दप्रसाद भट्टराई (१२४), सुजन लामिछाने (१३९), सुर्यमणी लामीछाने (१२२) मत ल्याएर विजयी भएका हुन् ।
खस आर्य महिला तर्फ ईन्दिरा पौडेल (१३१), टिकामाया पौडेल रेग्मी (१२६), तारादेवी गौतम पौडेल (१२९) र मिनादेवी पौडेल थापा (१३०) मत प्राप्त गरी विजयी भएका छन् ।
यहाँ संस्थापन पक्ष शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सहमहामन्त्री गोविन्दराज जोशी गुटको संयुक्त प्यानलले प्रदिप पौडेल गुटलाई वाइपास गरेर उम्मेदवारी दिएको थियो । तर पौडेलको गृह नगरमा उनी निकटको प्यानलले बाजी मारेको छ ।